काठमाडौं । यसअघिको केपी ओली नेतृत्वको सरकारले आयात प्रतिबन्ध लगाइसकेको युरो थ्री मापदण्डका गाडी सुशीला कार्की नेतृत्वको हालको चुनावी सरकारले आयात अनुमति खुला गरेर सुशासनको खिल्ली उडाएको छ । पूर्ववर्ति सरकारले गत जेठ १५ गते जारी बजेट भाषणमा सवारी साधनमा युरो सिक्स मापदण्ड लागू गरेको घोषणा गरेको थियो र युरो सिक्स मुनिका सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो तर कार्की नेतृत्वको चुनावी सरकारले व्यापारीहरुको प्रभाव र आपसी स्वार्थमा त्यसलाई उल्टाएर युरो थ्री मापदण्डका गाडि आयात खुला गर्ने निर्णय गरेको हो । चुनावी सरकराले भारतमा सन २०२० देखिनै युरो थ्री मापदण्डका सवारी साधनमा प्रतिवन्ध लगाइएपछि थन्किएका सवारी साधनमा प्रतिवन्ध लगाइइएपछि थन्किएका ती गाडी नेपाल भित्र्याउन उक्त प्रतिवन्ध फुकुवा गरिएको हो । चुनावी सरकारको उत्तः निर्णयपछि भुटान,बंगलादेश, मालदिभ्स, भारत लगायतका मुलुकमा थन्किएका युरो थ्री मापदण्डका गाडि भारत हुँदै नेपाल भित्रने छन् र ती गाडीले नेपालको वातावरण थप प्रदुष्ति बनाउने छन् । गत भदौ २७ गते जेनजी मागको आधारमा गठन भएको कार्की नेतृत्वको सरकारको असोज ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले ओली सरकारको निर्णय खारेज गर्दै युरो थ्री मापदण्डका गाडि भित्र्याउन दिने निर्णय गरेको हो ।