काठमाडौं, भदौ १५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक चार दशमलव ६४ अंकले उकालो लागेर १४ सय ६२ दशमलव ६७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शून्य दशमलव आठ अंकले ओरालो लागेर दुुई सय ९६ दशमलव २९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८६ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुसार ३३ हजार नौ सय ७३ वटा कारोबारमा ३६ लाख ८५ लाख नौ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४४ अंकले ओरालो लागेर १२ सय १३ दशमलव तीन अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ४५ अंकले ओरालो लागेर १७ सय ५८ दशमलव २१ अंकमा झरेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेको छ ।
जलविद्युुत् समूहको सूचक भने यस दिन नौ दशमलव ३९ अंकले उकालो लागेर नौ सय ७९ दशमलव ३७ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि दुुई दशमलव ३७ अंकले उकालो लागेर २४ सय ७४ दशमलव ९८ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ९४ दशमलव तीन अंकले उकालो लाभगेर सात हजार दुुई सय ९५ दशमलव १३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ४६ दशमलव ३२ अंकले बढेर नौ हजार ४८ दशमलव अंकमा चढेको छ । यसैगरी टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १८ दशमलव सात, शून्य दशमलव ६३, एक दशमलव ६२, २६ दशमलव ५६ र २७ दशमलव १३ अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ७६ पैसाले बढेर चार सय पाँच रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ६० पैसाले बढेर सात सय ७० रुपैयाँमा कारोबार भएको छ । यीबाहेक हिमालयन पावर पार्टनर, प्रभुु इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ १६ पैसाले घटेर दुुई सय दुुई रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी इक्वीटी फण्डको प्रतियुनिट सेयर मूल्य तीन रुपैयाँ ६६ पैसाले घटेर आठ रुपैयाँ ४३ पैसामा कारोबार भएको छ । यीबाहेक मल्टीपर्पोस फाइनान्स, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता सात सय ५५ रुपैयाँ अन्तिम मूल्यमा ३१ करोढ ४० लाख ३५ हजार छ सय २३ रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता चार सय पाँच रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ७३ लाख ७६ हजार तीन सय ८० रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् । यस दिन नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा नेप्सेको नियमित कारोबार झण्डै दुई घण्टा अवरुद्ध भएको थियो । सोही आधारमा सेयर कारोबार दिन तीन बजे हुुनुुपर्नेमा ५ बजेर १५ बजेसम्म खुला रहेको थियो ।