काठमाडौं । विकास बैंकहरुको खुद मुनाफा घटेको छ । पछिल्लो समय मुलुकको आर्थिक अवस्था असहज बन्दा विकास बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात बढेको छ । यसले गर्दा पछिल्लो समय विकास बैंकहरुको खुद मुनाफामा कमी आएको छ ।
सञ्चालनमा रहेका १७ वटामध्ये हालसम्म १४ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा पाँचवटा बैंकहरु खुद नोक्सानीमा रहेका छन् भने एकाधबाहेकका सबैजसो बैंकहरुमा खुद नाफा घटेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यो बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । मितेरी र साङ्ग्रिला डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः दुई करोड ५२ लाख २३ हजार र आठ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः शून्य दशमलव ५५ र छ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरुले क्रमशः ७३ लाख ६१ हजार र छ करोड एक लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः एक दशमलव ८० र चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
लुम्बिनी र सिन्धु विकास बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः ३४ करोड ८५ लाख ७७ हजार र चार करोड ४५ लाख ९७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः सात दशमलव ७८ र आठ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः २० करोड १९ लाख ८५ हजार र दुई करोड ३० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ६९ र ११ दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालू आवको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकले भने २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्रिन डेभलपमेन्ट बैंकले तीन करोड एक लाख ५६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यस अवधिमा यी दुई बैंकहरुमा क्रमशः चार दशमलव शून्य तीन र चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरुमध्ये मुक्तिनाथले २८ करोड १८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाउँदा ग्रिनले एक करोड १६ लाख ७२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा यी बैंकहरुमा क्रमशः तीन दशमलव १६ र चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गरिमा र महालक्ष्मी विकास बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः २५ करोड नौ लाख ७५ हजार र नौ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ७३ र पाँच दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरुले क्रमशः २२ करोड ५७ लाख ४३ हजार र नौ करोड ४२ लाख हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ८२ र चार दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा कर्पोरेट, शाइन रेसुंगा र ज्योति विकास बैंकले भने क्रमशः २९ लाख १४ हजार, २० करोड ३० लाख ४१ हजार र सात करोड तीन लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः ११ दशमलव ७७, चार दशमलव ६१ र सात दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः २१ लाख ६८ हजार, २३ करोड ९३ लाख ६३ हजार र १५ करोड १९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९५, तीन दशमलव ५० र चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः दुई करोड २१ लाख सात हजार र १२ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः ५७ दशमलव शून्य चार र ११ दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ४८ लाख ५० हजार र आठ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः ३४ दशमलव ८१ र १४ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।