काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आइतबार धनकुटा–१ हिलेमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरेको छ । यसैगरी सभाले आर्थिक वर्ष २०८१/८२को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको आव २०८१/८२को वित्तीय विवरणहरू र संस्थाको प्रबन्धपत्र तथा नियमावलीको दफाहरू संशोधनको प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३को लागि लेखापरीक्षक नियुक्ति गर्नुको साथै संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालकहरूमा उदयनारायण बराल, मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्यालयलाई नियुक्त समेत गरेको छ । साधारणसभामा सहभागी सेयरधनीहरूले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
कोशी प्रदेशस्तरीय कार्यक्षेत्र रहेको वित्तीय संस्थाले ३६ वटा शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका करिब २४ हजार गरिब तथा मध्यम वर्गीय परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।