काठमाडौं । हुन्डाई नेपालले ‘अपग्रेड टु द प्रफेक्ट ईभी’ भन्ने नयाँ अभियान सुरु गरेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी लैजान सक्ने अवसर पाउँछन् । यो अफर शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई सो–रूमहरूमा लागू भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हुन्डाई क्रेटा ईभीमा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ । प्रत्येक खरिदसँगै छ वर्षको फ्रि सर्भिस र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले एक लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा एक वर्षको कम्प्रिहेन्सिभ इन्सुरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा तीन सय ९० किलोमिटर ड्राइभिङ रेञ्ज र दुई सय मिमी ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ । सीमित अवधिको यो अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका सबैका लागि एक उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।