काठमाडौं । अबदेखि व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैँ लिन सकिने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी प्यान आफैँ लिन सकिने व्यवस्था गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय कर दिवसको अवसरमा प्यान आफैँ लिन सकिने प्रणाली सुरु गरेका हुन् । उनका अनुसार ४० लाख रुपैयाँसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिको लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्रको पनि सुरुवात गरिएको छ ।
उक्त कार्यक्रममा उनले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरतका कायम गर्न अर्थ मन्त्रालयको संरचनागत पक्षमा सुधार थालिएको बताएका थिए ।