काठमाडौं, भदौ १६
सेयर बजार परिसूचक उच्च अंकले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक २२ दशमलव ३१ अंकले उकालो लागेर १४ सय ८४ दशमलव ९९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव पाँच अंकले उकालो लागेर दुुई सय ९८ दशमलव ३५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुुसार ४० हजार दुुई सय छवटा कारोबारमा ७७ लाख ६३ हजार ५६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार एक सय २५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये होटल समूहको सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेपनि बाँकी समूहको सूचक भने उकालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक चार दशमलव ९५ अंकले उकालो लागेर १२ सय १७ दशमलव ९७ अंकमा पुुगेकोमा विकास बैंक समूहको सूचक एक दशमलव पाँच अंकले उकालो लागेर १७ सय ५९ दशमलव ७० अंकमा पुगेको छ ।
जलविद्युुत् समूहको सूचक पनि ३३ दशमलव ६१ अंकले उकालो लागेर एक हजार १२ दशमलव ९८ अंकमा पुगेकोमा लघुुवित्त समूहको सूचक पनि आठ दशमलव ५८ अंकले उकालो लागेर दुुई हजार चार सय ८३ दशमलव ५६ अंकमा पुुगेको छ । निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ३३ दशमलव सात अंकले उकालो लागेर सात हजार पाँच सय २८ दशमलव ८३ अंकमा पुुगेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ६० दशमलव ३३ अंकले उकालो लागेर नौ हजार तीन सय आठ दशमलव ३९ अंकमा पुगेको छ ।
यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १८ दशमलव पाँच, एक दशमलव एक, ८८ दशमलव ७१, ३७ दशमलव चार र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पाँच रुपैयाँले बढेर १३ सय दुुई रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको सानिमामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार रुपैयाँ ९६ पैसाले बढेर दुुई सय ५४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, पाँचथर पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडका सेयर मूल्य चार रुपैयाँ ७२ पैसाले घटेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य चार रुपैयाँ ६७ रुपैयाँले घटेर एक सय दुुई रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बेष्ट फाइनान्स, रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड आदि कम्पनी पनि बढी गुमाउने कम्पनीहरूको सूचीमा परेका छन् । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।
उक्त कम्पनीको प्रतिकित्ता आठ सय ४७ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ७१ लाख ४३ हजार आठ सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ९५ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ३५ लाख १८ हजार छ सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।