काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ७८ अंकले उकालो लागेको नेप्से परिसुुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १५ दशमलव ७० अंकले उकालो लागेर २५ सय ६६ दशमलव शुन्य सात बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ६५ अंकले उकालो लागेर चार सय ४३ दशमलव ५३ बिन्दुमा चढेको छ । आज तीन सय ४५ वटा कम्पनीहरुको ५५ हजार दुई सय ७७ पटकको कारोबारमा ९२ लाख ५५ हजार चार सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब १० करोड ५४ लाख छ हजार एक सय ३४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।