काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालसहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजारको चेक हस्तान्तरण गरेका हुन ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाको एउटा स्कर्पियो र एउटा बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ ।