काठमाडौं ।सिंहदरबारमा प्रवेश गर्न प्रयास गरेको जेनजी समूहलाई प्रहरीले हटाएको छ। मंगलबार एक समूह सिंहदरबारतर्फ अघि बढेपछि त्यहाँ सुरक्षा व्यवस्थामा रहेका प्रहरी टोलीले उनीहरूलाई निषेधित क्षेत्र प्रवेश गर्न नदिई फर्काएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार समूहले निषेधित क्षेत्रतर्फ लागेको पाइएपछि प्रहरीले आवश्यक बल प्रयोग नगरी त्यहाँबाट हटाएको हो। यसअघि पनि प्रहरीले सोही समूहलाई अनामनगरको भाटभटेनी क्षेत्रबाट परसम्म धपाएर हटाएको थियो। प्रहरीले संवेदनशील क्षेत्रको सुरक्षा तथा व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो कदम उठाएको जनाएको छ।