काठमाडौं । नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका छन् । चितवनबाट निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

सर्वोच्च जलाउनुअघि ढुंगेलले दिएको एक भिडियो सार्वजनिक भएपछि उनलाई उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।