काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २६ दशमलव ५१ अंकले ओरालो लागेर २६ सय ४९ दशमलव ५२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६७ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ९८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको ८४ हजार एक सय ५६ पटकको कारोबारमा एक करोड ५७ लाख ३६ हजार तीन सय ७२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आज सात अर्ब आठ करोड ५४ लाख ४९ हजार चार सय ३३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक पनि झिनो अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।