काठमाडौं । नेपालको अग्रणी होम–आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रिल्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितका लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर–जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ ।
यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ । यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेसेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ ।
भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडि महत्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्द्रमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहून् र आफ्नो करियर विकास गर्न उत्साहित रहून् । यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ ।
भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पु¥याएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ । दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस–केन्द्रित सेवाको वातावरण निर्माण गर्नु हो । भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तैः प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू ।