चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मंगलबार यहाँ पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।
उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउदै भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले महाधिवेशन पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ कि हुँदैन भन्नेमा अहिले नै टुङ्गो नभएको बताए ।
महाधिवेशनको तयारीमा सबै जुट्नुपर्ने भन्दै जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । शेखर दाई र म दुईजनामध्ये एक जना लड्छौँ ।”