काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड दुई लाख ४८ हजार पाँच सय २६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ३३ लाख ४२ हजार पाँच सय ४२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब दुई करोड ४५ लाख ७० हजार पाँच सय ९९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५२ करोड १७ लाख ५६ हजार सात सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ८१ लाख ४६ हजार ३६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९४ करोड आठ लाख ३९ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ८६ लाख ६४ हजार सात सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ९० लाख एक हजार छ सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।