काठमाडौं । रोयल इन्फिल्डले आफ्नो स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार नयाँ हन्टर ३५० रियो सेतो, टोकियो कालो, लन्डन रातो/ग्रेफाइट खैरो गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छ । यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचानसम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् । यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५०–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो । साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउन्ड क्लियरेन्स, सुधारिएको सीट, ड्युल च्यानल एविएस, एलईडी हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रूपमा थप गरिएको छ । हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले सहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ । सन् २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर सात लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य सिंगल टोनको चार लाख ९४ हजार नौ सय रुपैयाँ र ड्युल टोनको चार लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ ।