काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले सर्वसाधारण सेयरधनी समूहबाट दोस्रो कार्यकालका लागि लिमा अधिकारीलाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित बनेकी सञ्चालक अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय कोषाध्यक्ष समेत हुन । यसबाहेक सभाले मनिष थापालाईसमेत संचालकमा निर्विरोध चयन गरेको छ ।