काठमाडौं । आर्थिक क्षेत्रको साथै ऊर्जा सम्बन्धी समाचार लेखनमा सक्रिय सञ्चारकर्मीहरुका लागि काठमाडौंमा दुईदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुनप्र्राप्ति एवम् सशक्तीकरण कार्यक्रमद्वारा आयोजना गरिएको कार्यक्रममा ऊर्जा विकासको क्षेत्रमा लामो समयदेखि कार्यरत विज्ञहरुको साथै ऊर्जा विकास र पुँजीबजार, जलवायु परिवर्तन र ऊर्जा विकास, ऊर्जा विकासमा बैंकिङ्ग क्षेत्रको लगानी, चुनौती, नीति र ऊर्जा क्षेत्रका बारेमा कानुनी अवस्थाका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विज्ञहरु डा. राम प्रसाद धिताल, ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेश कुमार घिमिरे, कुशल गुरुङ, दिनेश दुलाल, मुरारी पराजुली, नारायण प्रसाद चौलागाईँ, नवराज ढकाल, सेमन्त दाहाल, शेरसिंह भाट र सूर्य प्रसाद अधिकारीहरुले आआफ्नो क्षेत्रको विषय विज्ञको रुपमा कार्यक्रम प्रस्तुत गरेका थिए ।