काठमाडौं । रिलायन्स स्पीनिङ मिल्सले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले बुक बिल्डिङको प्रक्रियामार्फत सर्वसाधारणको लागि नौ लाख २४ हजार सात सय ६८ कित्ता साधारण सेयर बिक्रीको आह्वान गरेको हो । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूको लागि साधारण सेयर बिक्री गरेको कम्पनीले अहिले भने यही पुस सात गतेबाट सर्वसाधारणको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस ११ गते र ढिलोमा यही पुस २१ गते बन्द हुने छ । लगानीकर्ताहरूले न्यूनतम ५० देखि अधिकतम २० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन्