काठमाडौं । सकार गरेको धितो पटक–पटक बिक्रीको लागि सार्वजनिक सूचना जारी गर्दा पनि बिक्री हुन नसकेपछि फाइनान्सहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिन पुगेको छ । साउनदेखि कात्तिकसम्म १७ मध्ये १६ वटा फाइनान्समा तीन अर्ब चार करोड ३० लाख रुपैयाँबराबर पुगेको हो ।
यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७८ करोड २० लाख रुपैयाँले बढी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा फाइनान्सहरूमा दुई अर्ब २६ करोड १० लाख रुपैयाँबराबर थियो । चालू आवको कात्तिकसम्ममा नेपाल फाइनान्समा मात्रै १७ करोड ९० लाख सात हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो पाँच करोड ४४ लाख ३० हजार रुपैयाँ मात्र थियो ।
त्यसैगरी गोर्खाज, गुडविल र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीमा पनि चालू आवको कात्तिक मसान्तसम्म क्रमशः ४८ करोड नौ लाख ३० हजार, ५२ करोड २९ लाख ४० हजार एक करोड ५३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः ३८ करोड ९६ लाख, ५८ करोड ५७ लाख ५० हजार र एक करोड ५३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
यीबाहेक बेस्ट, प्रोग्रेसिभ र जानकी फाइनान्समा पनि क्रमशः २१ करोड ८८ लाख १० हजार, २५ करोड ११ लाख २० हजार र १३ करोड १२ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः ३० करोड ८१ लाख ३० हजार, ३४ करोड ४७ लाख ९० हजार र नौ लाख ७० हजार रुपैयाँबराबर थियो । पोखरा, सेन्ट्रल र मल्टीपर्पस फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः ४१ करोड ४४ लाख ४० हजार, आठ करोड ३२ लाख ३० हजार र दुई करोड ५२ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवका सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः आठ करोड १३ लाख, दुई करोड १८ लाख ८० हजार र एक करोड १६ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार समृद्धि, क्यापिटल मर्चेन्ट र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा पनि पछिल्लो अवधिमा क्रमशः १७ करोड ३३ लाख ३० हजार, दुई करोड तीन लाख ४० हजार र १६ करोड ४७ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः १० करोड ८८ लाख ४० हजार, दुई करोड तीन लाख ४० हजार र एक करोड २१ लाख ७० हजार रुपैयाँबराबर थियो । आईसीएफसी, मञ्जुश्री र रिलायन्स फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः पाँच करोड आठ लाख ६० हजार, १० करोड छ लाख ७० हजार र २१ करोड आठ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः एक करोड ७६ लाख ७० हजार, नौं करोड ३२ लाख १० हजार र १९ करोड ५२ लाख १० हजार रुपैयाँबराबर थियो ।