काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त भएकी छिन् । पाण्डेलाई हालै बसेको कम्पनीको संचालक समितिको बैठकले सचिवमा नियुक्त गरेको हो । कम्पनीको सचिवमा नियुक्त भएकी पाण्डे अधिवक्तासमेत हुन् ।