काठमाडौं, भदौ २१
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १९ करोड ६९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ११ करोड तीन लाख नौ हजार रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ९५ करोड ५५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ९५ करोड ३९ लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४७ करोड ८० लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ९२ लाख १२ हजार रुपैयाँ रहेको संस्थामा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले ५७ करोड १७ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४७ करोड २७ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ९९ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी संस्थाको प्रोभिजन रकम दुई करोड २९ लाख १० हजार रुपैयाँ रहेको थियो ।