काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २८ गते होटल सेभन चितवनमा आफ्नो २४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशतका दरले हुन आउने नौ करोड ३४ लाख १४ हजार दुई सय २८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।