काठमाडौं । पुस ११ गते अर्थात् आज शुक्रबारबाट बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । बुधबार कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सम्मेलनबारे जानकारी दिएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ ।
‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूको सहभागिता रहने जानकारी आयोजनाको संयोजकसमेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् । विगतमा यस्तो सम्मेलन राष्ट्रिय स्तरमा आयोजना हुने गरेको भए पनि प्रदेश स्तरमा पहिलो पटक हुन लागेको आयोजकले बताएको छ ।
लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरूप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरूलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सबै सरोकारवालाहरूलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रबद्र्धन गराउने लक्ष्य आयोजकले लिएको छ ।
सम्मेलनले लघुवित्त सदस्यहरूबीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिवृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रबद्र्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी निक्षेप सदस्य, सामूहिक लगानी कोषको योजना व्यवस्थापन, धितोपत्र प्रत्याभूति सेवा, बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरू ग्राहकसमक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत सहजिकरण गर्दै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिष्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।