काठमाडौं । इनड्राइभले आफ्नो ‘सेफ्टी अवेरनेस’ अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सुरु गरेको छ ।
अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू भेरिफाइड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्रयाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको छ । प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ । इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले सुरक्षा सुविधा मात्र नभएर साझा जिम्मेवारी भएको बताइन् । भेरिफाइड ड्राइभर छनौट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्नेजस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्ने उनको भनाइ छ । अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउन्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जुन यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ ।
विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य हो । इनड्राइभको पीयर–टु–पीयर मूल्य निर्धारण मोडेल र सशक्त सुरक्षा संरचनाले नेपालमा बढ्दो मोबिलिटी इकोसिस्टममा यस प्लेटफर्मलाई फरक र विशिष्ट बनाउँदै आएको छ । यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिङ वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोर्होयाएको छ । ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा संचालन हुने र यसलाई समुदाय संलग्नता मार्फत विस्तार गरिनेछ ।