काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामनासहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०२६लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभइ लगानीको रूपमा पनि प्रयोग गर्न सकिने विकल्पको रूपमासमेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो । यसअन्तर्गत ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक बिक्रेताहरूबाट सुनचाँदी खरिद गर्नको लागि समेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरूप हाल यो सेवा न्यूरोड (काठमाडाँै), न्यूरोड (पोखरा), महाराजगञ्ज, हेटौंडा, भैरहवा शाखाहरूमार्फत प्रदान गरिनेछ । यद्यपि सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही विभिन्न अवसर तथा चाडपर्वहरूमा नविनतम सेवाहरू उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर करिब आठ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।