काठमाडौ । हुन्डाई मोटर कम्पनीले ५७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्ष पूरा गरेको जनाएको छ ।
हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तररूपमा प्रदान गर्दै आएको उल्लेख गरेको छ । कम्पनीका अनुसार हुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ । कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ । सन् १९६७मा हुन्डाई मोटर कम्पनी स्थापना भएको हो । हाल २०० भन्दा बढी देशहरूमा यसको शाखा सञ्चालनमा रहेका छन् । नेपालमा हुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि कार्यरत छ । वितरक भएदेखि नै कम्पनीले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
हुन्डार्ई नेपालले ‘हुुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, यसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु हो । यस कार्यक्रमले हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ । हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । हुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाइरहेको जनाएको छ ।