विराटनगर ,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।कोशी प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा आयोगको अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले आयोजना बैंकमा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका हुुन् । उनले कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रवाट भइरहेको बसाइसराइ रोक्न अध्ययन अनुसन्धान गर्न र योजना अघि सार्न जरुरी रहेको बताए । योजनाहरूको प्राथमिकीकरण र सीमित स्रोत साधनले पुग्ने गरी आयोजनाहरूको छनोट गर्न प्रदेशका गौरवका आयोजनाहरूको अनुगमन र मूल्याड्ढन गर्न पनि मुख्यमन्त्री कार्कीले आयोगलाई निर्देशन दिएका छन् ।
आयोजना बैंकमा ५० हजार चार सय योजनाहरू प्रविष्ट भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले जानकारी दिए । निरौलाले कार्यविधिअनुसार प्रदेशले सञ्चालन गर्ने पूर्वाधारका आयोजनाहरू ५० लाखदेखि दुई करोड रूपैयाँसम्मका रहेको बताए । आयोजना बैकको बैठकले प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रूपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्याड्ढन गर्ने निर्णय गरेको छ । कोशी प्रदेश तथ्याड्ढ ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्याड्ढ प्रणालीको विकास गरी प्रदेशमा तथ्याड्ढलाई व्यवस्थित गर्ने निर्णय गरिएको जनाइएको छ । त्यस्तै घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई अन्तिम टुङ्गोमा पु¥याउने निर्णयसमेत भएको सहभागिहरूले जानकारी दिएका छन् ।