काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘विश्वकप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘विश्वकप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत सहभागी भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी–२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले नेपालका १५ प्रमुख सहरमा आयोजना गर्ने ब्रान्ड प्रवद्र्धन कार्यक्रममार्फत १५ जना तथा सामाजिक सञ्जालमार्फत २५ जना गरी जम्मा ४० जना विजेता छनौट गरिनेछ । योजनामा सहभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी फोटो वा भिडियो तयार गरेर फेसबुक वा इन्स्टाग्राम मा ह्यासट्याग टी२० एक्स्ट्रिम इनर्जी ड्रिंक र ह्यासट्याग टी२० म्याक्स टाइगर इनर्जी ड्रिंक प्रयोग गरी सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ ।
सहभागीहरूमध्ये २५ जना विजेताको घोषणा एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमार्फत फेसबुक लाइभमा गोलाप्रथाबाट गरिनेछ । बाँकी १५ जना विजेताको छनौट भने ब्रान्ड प्रवद्र्धन कार्यक्रमका क्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्येबाट कार्यक्रम स्थलमै गोलाप्रथाबाट गरिनेछ । ब्रान्ड प्रवर्द्धन कार्यक्रम हुने मुख्य सहर तथा स्थानसम्बन्धी सम्पूर्ण जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । यो योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुनेछ । यस योजनामार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका उत्पादक एग्रो थाइ फुड्स प्रालिले उपभोक्तालाई ऊर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य राखेको जानकारी दिएको छ ।