भरतपुर । चितवनमा सोमबार अपराह्न गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला बाबुकाजी क्षेत्रीको गैँडाको आक्रमण बाट मृत्यु भएको हो ।

गैँडाको आक्रमण बाट ५६ वर्षीय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी गराए ।