काठमाडौँ, भदौ २२
स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ९८ अर्ब ४६ करोड ७५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९१ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४४ प्रतिशत रहेको छ ।
यस अवधिमा तीन दशमलव ६३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ७३ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब नौ करोड २१ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा दुुई अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४५ प्रतिशत रहेको थियो ।