काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आव २०८१/०८२को नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारणसभामा वार्षिक विवरणसमेत पेश गरेका थिए ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव ०८१/८२ वार्षिक प्रतिवेदनसहित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिको आव ०८१/८२को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पँुजी पाच अर्ब एक करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १० दशमलव १७ प्रतिशतका दरले हुन आउने ५१ करोड चार लाख १८ हजार नौ सय ७० रुपैयाँ बराबरको नगद लाभाशं करसहित वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव ०८१/८२को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरूको उच्च मनोबल, बीमितहरूको विश्वास तथा अभिकर्ताहरूको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भूमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरूलाई धीरतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रूपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।