काठमाडौं । नेपाली कांग्रेसमा गगन थापा कांग्रेशहरुले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको घोषणा गरेका गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले आज शुक्रबार निर्वाचन आयोगमा धर्ना दिएका हुन् । शुक्रबार बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले पनि आफूहरू आधिकारिक भएको दाबिसहित आयोगमा निवेदन दिएका छन् ।