काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से ३१ दशमलव १२ अंकले उकालो लागेर २६ सय ७२ दशमलव ५५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर चार सय ५९ दशमलव ४३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ९५ हजार चार सय ४५ पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार चार सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ४० करोड २७ लाख ९७ हजार सात सय ७५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो देखिएको छ ।