तेहरान । करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ इन्टरनेट सेवामा पहुँच पुनर्स्थापना गर्ने प्रयास गरिरहेको इरानी अधिकारीहरूले बताएका छन् ।
एएफपीका अनुसार आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा भड्किएको प्रदर्शनलाई इरानी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको विरोध प्रदर्शनमा परिणत भएको थियो । इरानी अधिकारीहरूले प्रदर्शनहरू पहिले शान्तिपूर्ण भएको तर विस्तारै ‘दंगा’ मा परिणत भएको बताएका छन् र यसमा इरानले शत्रु घोषणा गरेका संयुक्त राज्य अमेरिका र इजरायलबाट विदेशी प्रभावलाई दोष दिएका छन् ।
जनवरी ८ देखि सुरु भएको आन्दोलन अधिकारवादी समूहहरूले विरोध प्रदर्शनको आकार र तीव्रता बढ्दै गएपछि सञ्चार बन्दको आवरणमा सुरक्षा बलले गरेको ‘नरसंहार’ भएको र शुक्रबारपछि विरोध प्रदर्शनहरू कम भएका थिए । सरकारी अधिकारीहरूले भनेका छन्, ‘अहिले देशमा शान्ति बहाल भएको छ, आइतबार पठनपाठन सञ्चालन गरिएको छ ।’
तास्निम समाचार एजेन्सीले सम्बन्धित अधिकारीहरूले इन्टरनेट पहुँच पनि विस्तारै पुनस्र्थापना गर्ने घोषणा गरेको उल्लेख गरेको छ । अज्ञात स्रोतलाई उद्धृत गर्दै एजेन्सीले भनेको छ, ‘स्थानीय सञ्चारमाध्यमहरू चाँडै नै इरानको घरेलु इन्ट्रानेटमा सक्रिय हुनेछन् ।’ आइतबार बिहानसम्म, इन्टरनेट प्रदायक र मोबाइल इन्टरनेटको विशाल क्षेत्र बन्द छ ।
मंगलबारदेखि अन्तर्राष्ट्रिय कलहरू सम्भव हुने बताइएको छ भने लिखित सन्देश आदानप्रदान शनिबार बिहानदेखि पुनस्र्थापित गरिएको छ । कैयौँ दिनसम्म लिखित सन्देश, अन्तर्राष्ट्रिय फोन कल र कहिलेकाहीँ स्थानीय कलहरू पनि काटिएका थिए । इरानले त्यसपछि आफ्नो इन्ट्रानेटमा भर पर्दै आएको छ । अधिकारवादी समूहहरूका अनुसार प्रतिबन्धहरूको बाबजुद पनि सूचनाहरू अझै पनि फिल्टर गरिएको थियो । एम्नेस्टी इन्टरनेशनलले हालैका दिनहरूमा दर्जनौं भिडियो र सामाजिक सञ्जालका स्रोतहरूलाई छानेर मात्र बाहिरिन दिइएको बताएको छ ।
एम्नेस्टीका इरान अनुसन्धानकर्ता राहा बहरेनीले अनलाइनमा पोस्ट गरेको एक भिडियोमा भने, ‘उनीहरूले सुरक्षा बलले सडक र उच्च स्थानबाट प्रदर्शनकारीहरूमाथि निरन्तर गोली चलाइरहेको छ र अस्पतालहरू नरसंहारमा घाइते प्रदर्शनकारीहरूले भरिएका छन् ।’ नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले इस्लामिक गणतन्त्रको स्वास्थ्य र चिकित्सा प्रणाली भित्रका स्रोतहरू, प्रत्यक्षदर्शी र धेरै स्वतन्त्र स्रोतमार्फत सुरक्षा बलद्वारा मारिएका तीन हजार ४२८ प्रदर्शनकारीहरूको मृत्युको पुष्टि गरेको बताएको छ । यद्यपि, एक एनजीओले मृतकको वास्तविक सङ्ख्या धेरै हुन सक्ने दावी गरेको छ । सञ्चारमाध्यमले स्वतन्त्र रूपमा यो त्थइँंक् पुष्टि गर्न सकिरहेका छैनन् किनकि उनीहरुका सञ्चार सम्पर्क च्यानलहरू अवरूद्ध छन् । इरानी अधिकारीहरूले प्रदर्शनका मृतकहरूको यकिन सङ्ख्या सार्वजनिक गरेका छैनन् ।
आइएचआरले भनेको छ, ‘अन्य अनुमानहरूले मृतकहरूको सङ्ख्या पाँच हजारभन्दा बढी र सम्भवतः २० हजार भन्दा बढी रहेको बताएका छन् । यद्यपि इन्टरनेट ब्ल्याकआउटले स्वतन्त्र प्रमाणीकरणमा गम्भीर बाधा पुर्याएको छ ।’