झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो। रास्वपा अध्यक्ष बालेन साहसहितको टोली झापा–५ बाट उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला रास्वपा कार्यकर्ताहरूले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा एमाले कार्यकर्ताहरूसँग विवाद बढ्दै झडपको रूप लिएको बताइएको छ।झडपपछि केही समय अफरातफरी मच्चिएको थियो भने अहिले पनि त्यस क्षेत्रको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको जनाइएको छ। सुरक्षाकर्मीहरू घटनास्थलमा तैनाथ गरिएको छ र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ। दुवै पक्षका कार्यकर्ताबीच भएको झडपका कारण दमक आसपासको वातावरण तनावपूर्ण बनेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।