काठमाडौं । भारत सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई ६१ वटा गाडी हस्तान्तरण गरेको छ ।
गृहमन्त्रालयमा मंगलबार आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो । पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । भारत सरकारले तीन सय ८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । निर्वाचन अघि नै भारतले तीन सय ८८ वटा गाडी उपलब्ध गराउने जनाएको छ । सो अनुसार आउने क्रममा रहेको र हाल ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसरी गाडी उपलब्ध गराएको सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्वपूर्ण सहयोग पुग्ने गृहमन्त्री अर्यालले बताए ।