काठमाडौं । नेपाल बैंक लिमिटेडले लिंक एन्ड विथड्र योजना सार्वजनिक गरेको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती वाई आईएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्रान्ड प्रवर्द्धन एवं डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागू हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक, लोड एन्ड विथड्र, वीन रिवार्डस वाई खल्ती अभियान सञ्चालनमा ल्याएकोे हो ।
बैकका अनुसार यो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंक गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकेट् वा खल्ती प्रो सब्सक्रिसन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने र सोको घोषणा अभियान अवधिपश्चात् गरिने बैंकले जनाएको छ । सो अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भई केवाईसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिंक हुनुपर्ने तथा लिंक गरिएको खातामार्फत कारोबार भएको हुनुपर्ने छ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङतर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।
हाल नेपालभर दुई सय ३१ वटा शाखा, दुई सय ३७ वटा एटीएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी बैंकको रूपमा अघि बढिरहेको छ ।