काठमाडौं, पुस ९ आईसीएफसी फाइनान्सले १२ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट सो अनुुपातमा लाभांश वितरण गर्न लागेको हो । घोषित लाभांशमध्ये आठ प्रतिशत अर्थात् सात करोड पाँच लाख ७३ हजार सात सय ९२ रूपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशत अर्थात् चार करोड ४१ लाख आठ हजार छ सय २० रूपैयाँबराबरको बोनस सेयर रहेको फाइनान्सले जानकारी दिएको छ । उक्त लाभांश फाइनान्सको यही पुुस २९ गते हुुने १६औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।