काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६६ करोड ८६ लाख १३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ३५ लाख ४० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रूपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा दुई खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ३९ अर्ब ४७ करोड चार लाख ४९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७७ करोड १४ लाख ७६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ४५ करोड ४३ लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २५ करोड ३२ लाख ६६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।