काठमाडौं । नेपालको वाल तथा फ्लोर टायल उद्योगमा प्राइम टाइल्सले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । प्राइम टाइल्सले नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ मापदण्डअनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको हो ।
साथै कम्पनी नेपालको पहिलो तथा हालसम्मकै एकमात्र एनएस प्रमाणित टायल कम्पनीको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ । एनएस प्रमाणपत्र प्राप्तिसँगै कम्पनीका वाल तथा फ्लोर टायलहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि भएको छ । यसले कम्पनीका उत्पादनहरू गुणस्तरीय, दीर्घकालीन टिकाउ, सुरक्षित तथा डिजाइनमा उत्कृष्ट रहेको प्रमाणित गरेको कम्पनीको दाबी छ ।
कम्पनीका टायलहरू घरायसी, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त मानिन्छन् । एनएस प्रमाणपत्रले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ । प्राइम टायल्स ब्रान्ड प्राइम सेरामिक प्राईभेट लिमिटेडद्वारा प्रवद्र्धित हो । सन् २०२१ मा स्थापना भएको पिसिपिएल नेपालको सिरेमिक टायल उत्पादन कम्पनीमध्ये एक हो । रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक उद्योगबाट वाल र फ्लोर टायल दुवै उत्पादन गर्ने नेपालकै एकमात्र कम्पनीका रूपमा एऋएी सञ्चालनमा रहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ४० लाख वर्ग मिटर रहेको छ भने ३ अर्ब रुपैयाँभन्दा बढीको लगानी गरिएको छ । छोटो समयमै बजारमा सशक्त उपस्थिति बनाएको पीसीपीएल देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ ।