काठमाडौं । डेरामै गोली हानी घाइते भएका सबइन्जियिनर यादवको उपचारको क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले यादवको निधन भएको जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय सर्लाहीका सवबइन्जिनियर यादवमाथि आइतबार साँझ मलंगलवा नगरपालिका १० स्थित आफ्नै डेरामा गोली प्रहार गरिएको थियो । आइतबार साँझ करिब ८ बजे उनको डेरामै गोली हानिए यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा ज्यान गएको हो ।
सिरहाको सुखीपुर निवासी सब–इन्जिनियर यादव मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा गरी बस्दै आएका थिए ।
उनी कोठमामा बसिरहेका बेला गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएको बताइएको छ । बिाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै डीएसपी राईले बताएका छन् ।