काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव ६२ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार पनि १० दशमलव ३० अंकले उकालो लागेर २६ सय ४८ दशमलव ९० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २० अंकले उकालो लागेर चार सय ५४ दशमलव ५७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३३ वटा कम्पनीहरुको ४८ हजार छ सय ४० पटकको कारोबारमा एक करोड चार लाख ५६ हजार नौं सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।