काठमाडौं, भदौ २८
नारायणी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज १६ गते चितवनस्थित स्टार बैंकेटमा १८औं वार्षिक साधारणसभा गर्न लागेको हो । हाल चुक्ता पुँजी छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँ रहेको बैंकले उक्त सभामार्फत पुँजी वृद्धिको लागि एकबराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
बैंकका अनुसार हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँ पुुग्ने छ । राष्ट्र बैंकको निर्देशनअनुसार जिल्लास्तरीय बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ हुुनुुपर्नेछ । यसको लागि बैंकले उक्त सभामार्फत अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।