काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुंगेल अधिकारी तोकिएकी छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुंगेललाई प्राधिकरणको यही फागुन पाँच गतेको निर्णयअनुसार प्रवक्ताको जिम्मेवारीसमेत तोकिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुंगेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।