काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरिय विद्युतीय स्कुटर ब्रान्ड एम्पीयर नेपालमा सार्वजानिक गरिएको छ । एसटीसी ग्रुपअन्तर्गतको एसटीसी अटो शोलुसन प्रालिले ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटरलाई नेपालमा ल्याएको हो ।
कम्पनीले एम्पीयरका दुई मोडलका स्कुटर नेपाली बजारमा प्रवेश गराएको छ । ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले विगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाँग्रे साधन उत्पादन गर्दै आएको छ । एसटीसी अटो शोलुसन प्रालिले एम्पीयरका स्कुटरहरु हाई पर्फमेन्स भएका स्कुटरहरु नेक्सस र म्याग्नस निओ गरी दुई मोडलका स्कुटरको बिक्री सुरु गरेको जानकारी दिएको छ । एम्पीयरका स्कुटहरुमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएका छन् । यी स्कुटहरु अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अन्यन्तै तातो (६० डिग्री) मा परिक्षण भएका छन् । एम्पीयरमा प्रयोग भएका लिथियम फेरो फोस्फेट ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टि रहने छ । कम्पनीका अनुसार एम्पीयरका स्कुटहरुमा मजबुद च्यासीस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन् ।