काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक बालाजु अटो वक्र्स प्रालिले वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ः सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’को बम्पर उपहार विजेताको घोषणा गरेको छ ।
काठमाडौंको बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आयोजित ‘विजेता घोषणा कार्यक्रम’मा लक्की ड्रमार्फत विजेता छनौट गरिएको हो । कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी एवम् एपिएफ महिला फुटबल टोलीकी कप्तान अनिता बस्नेतको विशेष आतिथ्यतामा, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर सुसन वैद्य श्रेष्ठ, अग्नि ग्रुप तथा बालाजु अटो वक्र्सका प्रतिनिधिहरू, महिन्द्रा एन्ड महिन्द्राका प्रतिनिधिहरू, तथा सञ्चार प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गत माघ ९ गतेदेखि १४ गतेसम्म देशैभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन भएको महिन्द्रा केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूद्वारा जेन्युन स्पेयर पाट्र्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी महिन्द्राको सवारीसाधनको सर्भिसिङ प्रदान गरिएको थियो । यसैअन्तर्गत सेवा लिने हजारौँ ग्राहकहरूमध्येबाट एक जना भाग्यशाली विजेता गोलाप्रथामार्फत छानिएको हो । गोलाप्रथामार्फत मैनाबगर अटोल्यान्ड प्रालि, बुटवल, रुपन्देहीबाट सेवा लिएका हरि पन्त विजेता भएका बनेका छन् । विजेताले बम्पर उपहारस्वरूप ‘बिगस सि–१२ इलेक्ट्रिक स्कुटर’ प्राप्त गरेका छन् ।