काठमाडौं । निर्वाचनको पुर्वसन्ध्यामा शेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो तर निवार्चन अघिको अन्तिम कारोबार दिन आज आईतबार नेप्से परिसुचक एवं कारोबार रकम दुबै उकालो लागेको छ । नेप्से परिसुचक १९ दशमलव २७ अंकले उकालो लागेर २६ सय ७४ दशमलव २० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले उकालो लागेर चार सय ५९ दशमलव ७३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको ५५ हजार दुई सय छ पटकको कारोबारमा एक करोड ३१ लाख ९३ हजार चार सय ६२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । ति मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो देखिएको छ ।