ताप्लेजुङ , प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित भएका छन्।कुल खसेको ४५ हजार ५८३ मतमध्ये थेवेले १३ हजार ९६२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद ताम्वाहाङ लिम्बुले ११ हजार ७११ मत प्राप्त गरे। यस्तै नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन्। थेवेले प्रतिस्पर्धी ताम्वाहाङ लिम्बुलाई २ हजार २५१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।