काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले झण्डै आठ करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ७३ लाख ६० हजार ५८ रुपैयाँ खुद नाफा कमाएको हो । संस्थाले गत आवको सोही अवधिमा ३७ लाख ८६ हजार नौ सय २० रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा ३५ करोड ३९ लाख ६९ हजार छ सय ३० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५४ करोड १० लाख ४३ हजार नौ सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ६८ लाख ७१ हजार आठ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने २९ करोड ५८ लाख ५३ हजार नौ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड ९६ लाख ७९ हजार एक सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ३१ लाख ५८ हजार १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।